बोर्डर-गवास्कर सिरिज : तेस्रो टेष्टमा अष्ट्रेलिया बलियो स्थितिमा

254

सिड्नी । टेष्ट च्याम्पियनसीप अन्तर्गत भारतविरुद्धको तेस्रो टेष्टमा घरेलु टोली अष्ट्रेलियाले मझबुत स्थितिमा पुगेको छ ।

टेष्टको तेस्रो दिन आज भारतलाई २ सय ४४ रनमा समेट्दै दोस्रो पारीको सुरुवात गरेको अष्ट्रेलियाले दिनको समाप्तीमा २ विकेटको क्षतिमा १ सय ३ रन बनाएको छ । साथै अष्ट्रेलियाले १ सय ९७ रनको अग्रतासमेत बनाएको छ । अष्ट्रेलियाका मर्नुस लबुसचेन ४७ र स्टेभन स्मिथ २९ रनमा अविजित रहेका छन् । यस्तै डेविड वार्नर १३ र विल पिकाेभ्स्की १० रनमा आउट भए ।

सिड्नी क्रिकेट ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेकाे अष्ट्रेलियाले पहिलो इनिङ्समा स्मिथको शतकीय पारीको मद्धतमा ३ सय ३८ रन बनाएको थियो ।

पहिलो इनिङ्समा २ विकेटको क्षतिमा ९६ रनबाट खेल्न सुरु गरेको भारतले २ सय ४४ रन बनाउँदा सबै विकेट गुमाएको थियो । भारतका शुभमन गिल र चेतेश्वर पुजराले समान ५०/५०, ऋषभ पन्तले ३६, रविन्द्र जडेजाले नटआउट २८, रोहित शर्माले २६ तथा अजिङ्क्य रहानेले २२ रनको पारी खेले ।

अष्ट्रेलियाका प्याट कमिन्सले ४, जोस हेजलवूडले २ तथा मिचेल स्टार्कले एक विकेट लिए भने भारतका तीन खेलाडी रनआउट हुन पुगे ।

यसअघि सम्पन्न टेष्टमा दुवै टोलीले एक एक खेल जितेको छ । पहिलो टेष्टमा अष्ट्रेलिया र देस्रो खेलमा भारत समान ८-८ विकेटले विजयी भएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...