पछिल्लो २४ घन्टामा थप ३६२ जनामा संक्रमण : ६९९ जना कोरोनामुक्त

195

काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा ३ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ४ हजार २ सय ८६ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा २ सय ३ पुरुष र १ सय ५९ महिला गरी ३ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयकाअनुसार थपिएका ३ सय ६२ जनासहित कुल कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ५ सय २१ पुगेको छ । यीमध्ये ४ हजार ६ सय ८१ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

पछिल्लो २४ घन्टामा ६ सय ९९ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै २ लाख ५७ हजार ९ सय २८ जना कोरोना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९७.५ प्रतिशत रहेको छ ।

यस्तै, कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । थपिएका ३ जनासँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय १२ जना पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...