काठमाडौं । धनकुटा जिल्लाका सबै तहका जनप्रतिनिधिहरु सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रधानमन्त्री केपी शर्मा ओली समूहमा खुलेका छन् । संयुक्त ऐक्यवद्धता पत्रमार्फत जिल्लाका संघीय, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि ओली समूहमा खुलेका हुन् ।
धनकुटाबाट निर्वाचित निवर्तमान सांसद राजेन्द्र राई, समानुपातिक बीनादेवी राई, प्रदेश सांसदहरु निरन राई र इन्द्रमणी पराजुली ओली समूहमा खुलेका हुन् ।
यस्तै जिल्ला समन्वय समितिका प्रमुख टंक बहादुर चुवान र उपप्रमुख बंगलादेवी राईले पनि आफूलाई ओली समूहमा खुलाएका छन् । जिल्लाका ७ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु पनि अोली समूहमा खुलेका छन् ।