बिबिएल २०२० : एडिलेड स्ट्राइकर्समाथि मेलबर्न रेनेगेड्सकाे सहज जित

252

एडिलेड । अष्ट्रेलियमा जारी दशौँ संस्करणको बिग बास लिग (बिबिएल) टी-२० प्रतियोगितामा मेलबर्न रेनेगेड्सले दोस्रो जित हासिल गरेको छ । शुक्रबार भएको खेलमा रेनेगेड्सले एडिलेड स्ट्राइकर्सलाई ६ विकेटले पराजित गरेको हो ।

स्ट्राइकर्सले दिएको १ सय ७८ रनको लक्ष्य एक बल बाँकी रहँदा चार विकेटको क्षतिमा पुरा गर्दै ६ विकेटको जित हात पारेको हो ।

रेनेगेड्सको जितमा मोहम्मद नावीले नटआउट ७१ रनको योगदान दिए । नावीले ४१ बल खेल्दै २ छक्का र ९ चौकाको मद्धतमा ७१ रन बनाए । यस्तै, ज्यक फ्रसर म्याकगर्कले २९, साम हर्परले १८ तथा ज्याक पेस्टविज, म्याकेन्जी हर्वे र आरोन फिन्चले समान १४/१४ रन जोडे ।

एडिलेड ओवलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली स्ट्राइकर्सले निर्धारित २० ओभरमा १ सय ७७ रन बनाएको थियो । स्ट्राइकर्सका फिलिप साल्टले ५९, एलेक्स क्यारीले ४२, म्याट रेन्शाले २० तथा ज्याक विदराल्डले १९ रन बनाए ।

स्ट्राइकर्समाथि विजयी भएसँगै रेनेगेड्सले ९ अंक जोड्दै पुछारमा रहेको छ भने पराजित स्ट्राइकर्स १७ अंकसहित चौथो स्थानमा रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...