पछिल्लाे २४ घन्टामा थप ५५४ जनामा काेराेना संक्रमण : ६ काे मृत्यु

124

काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ५ हजार २ सय ६९ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा ३ सय ६६ पुरुष र १ सय ८८ महिला गरी ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयकाअनुसार थपिएका ५ सय ५४ जनासहित कुल कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार १ सय ५९ पुगेको छ । यीमध्ये ५ हजार २१ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

पछिल्लो २४ घन्टामा ५ सय ८५ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै २ लाख ५७ हजार २ सय २९ जना कोरोना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९७.४ प्रतिशत रहेको छ ।

यस्तै, कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । थपिएका ६ जनासँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ९ जना पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...