पछिल्लाे २४ घन्टामा थप ४०९ जनामा संक्रमण : ६ जनाकाे मृत्यु

176

काठमाडाैं । देशभर पछिल्लो २४ घन्टामा ४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ६ हजार ७ सय ६ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा २ सय ६५ पुरुष र १ सय ४४ महिला गरी ४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयकाअनुसार थपिएका ५ सय २२ जनासहित कुल कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको छ । यीमध्ये ५ हजार १ सय ३३ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

पछिल्लो २४ घन्टामा ४ सय ९५ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै २ लाख ५६ हजार १ सय ६१ जना कोरोना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९७.३ प्रतिशत रहेको छ ।

यस्तै, कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । थपिएका ६ जनासँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ९९ जना पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...