पछिल्लो २४ घन्टामा विश्वभर थप ५,४५,८७९ जना संक्रमित : कोरोनाबाट ९,६५७ को मृत्यु

127

काठमाडौं । कोरोना भाइरसको उत्पति भएको एक वर्ष नाघेको छ तरपनि यसको असर अहिलेसम्म कम भएको छैन । अझ यसले नयाँ स्वरुप परिवर्तन गरी थप जटिलता उत्पन्न गराएको छ । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वभरमा ५ लाख ४५ हजार ८ सय ८९ जना संक्रमित भएका छन् भने सोही अवधिमा ९ हजार ६ सय ५७ जनाको मृत्यु भएको छ ।

कोरोनाको सबैभन्दा उच्च जोखिम भएको अमेरिकामा मात्र एक लाख ९० हजार १ सय ६५ जना संक्रमित भएका छन् । साथै १ हजार ९ सय ८७ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड १३ लाख ५३ हजार ५१ पुगेको छ भने मृत्यु हुनेको संख्या ३ लाख ६२ हजार १ सय २३ पुगेको छ ।

यस्तै, संक्रमितको संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा १६ हजार २ सय ७८ जना संक्रमित थपिएका छन् । योसँगै १ करोड ३ लाख ५७ हजार ५ सय ६९ पुगेको छ । थप २ सय जनासँगै भारतमा अहिलेसम्म १ लाख ४९ हजार ८ सय ८६ जनाको मृत्यु भएको छ ।

तेस्रो स्थानमा रहेको ब्राजिलमा पछिल्लो २४ घन्टामा २० हजार ८ सय १४ जना थपिएका छन् । सोहि अवधिमा ५ सय ७३ जनाको मृत्यु भएको छ । थपिएकासहित अहिलेसम्म ७७ लाख ५४ हजार ५ सय ६० जना संक्रमित भएका छन् भने १ लाख ९६ हजार ५ सय ९१ जनाले ज्यान गुमाएका छन् ।

यस्तै, रसियामा २३ हजार ३ सय ५१, बेलायतमा ५८ हजार ७ सय ८४, फ्रान्समा ४ हजार२२, टर्कीमा १३ हजार ६ सय ९५, इटालीमा १० हजार ७ सय ९७, स्पेनमा ११ हजार ४ सय ८९, जर्मनीमा १२ हजार ५६, कोलम्बियामा १० हजार ३ सय ११ र अर्जेन्टिनामा ८ हजार २ सय २२ जना संक्रमित थपिएका छन् । भने कोरोनाबाट रसियामा ४ सय ८२, बेलायतमा ४ सय ५१, फ्रन्समा ४ सय ५३, टर्कीमा १ सय ९७, इटालीमा ३ सय ४८, स्पेनमा १ सय १९, जर्मनीमा ८ सय ७७, कोलम्बियामा २ सय २२ र अर्जेन्टिनामा १ सय ५२ जनाले ज्यान गुमाएका छन् ।

अहिलेसम्म विश्वभर ८ करोड ६१ लाख ३६ हजार ५५ जना कोरोना संक्रमित भएका छन् । जसमध्ये ६ करोड १० लाख ५८ हजार १ सय ८६ जना कोरोनामुक्त भएका छन् भने १८ लाख ६१ हजार ३ सय ३ जनाले ज्यान गुमाएका छन् । २ करोड ३२ लाख १६ हजार ५ सय ६६ जना अझै संक्रिय संक्रमित अवस्थामा रहेका छन् । संक्रमितमध्ये १ लाख ७ हजार ८ सय ५१ जनाको अवस्था गम्भीर रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...