श्रीलंकाविरुद्धको दोस्रो टेष्टमा दक्षिण अफ्रिका १० विकेटले विजयी हुँदै सिरिज क्लिन स्विप

246

एजेन्सी । टेष्ट च्याम्पियनसीप अन्तर्गत दक्षिण अफ्रिका र श्रीलंकाबीचको खेलमा दक्षिण अफ्रिका विजयी भएको छ । दोस्रो टेष्टको तेस्रो दिन मंगलबार श्रीलंकाले दिएको ६७ रनको लक्ष्य बिना नोक्सान पुरा गर्दै १० विकेटको जित हात पारेको हो । जितसँगै दुई खेलको टेष्ट सिरिज २-० ले क्लिन स्विप गरेको छ ।

दक्षिण अफ्रिकाको जितमा एडिन मार्क्राम र डिन एलगरले नटआउट ३६ तथा ३१ रनको योगदान दिए ।

पहिलो इनिङ्समा १ सय ४५ रनले पछि परेको श्रीलंकाले दोस्रो पारीमा सम्हालिएर ब्याटिङ गर्दै २ सय ११ रन बनाएको थियो । श्रीलंकाका डिमुथ करुनरत्नेले १ सय ३, निरोशन डिक्वेलाले ३६ तथा लाहिरु थिरिमानेले ३१ रन बनाएका थिए ।

श्रीलंकाले पहिलो पारीमा १ सय ५७ रन बनाएको थियो भने दक्षिण अफ्रिकाले डिन एल्गरको शतकीय पारीको मद्धतमा ३ सय २ रन जोडेका थिए । एल्गरले १ सय २७, रस्सी भान डेर डसेनले ६७ रनको योगदान दिए ।

श्रीलंकाविरुद्धको पहिलो टेष्टमा दक्षिण अफ्रिका एक इनिङ्स ४५ रनले विजयी भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...