काठमाडौं उपत्यकामा बढ्यो वायु प्रदूषण : घरबाहिर ननिस्कन सरकारद्वारा आव्हान (विज्ञप्तिसहित)

260

काठमाडौं । काठमाडौं उपत्यकामा अत्यधिक रुपमा वायु प्रदूषण बढेको बताउँदै सरकारले सकेसम्म घरबाहिर ननिस्कन आव्हान गरेको छ । सोमबारदेखि उपत्यका क्षेत्रमा वायु प्रदूषण अत्यधिक बढेकाले स्वास्थ्यमा नकारात्मक असर पर्ने पनि बताइएको छ ।

वन तथा वातावरण मन्त्रालय वातावरण विभागद्वारा जारी विज्ञप्तिमा फोहोर बाल्दा र आगो बाल्दा पनि वातावरण प्रदूषण हुने भएका उक्त कार्य नर्गन विभागले अनुरोध गरेको छ ।

वातावरण प्रदूषणका कारण विशेषगरी बालकालिका, वृद्धवृद्धा तथा श्वासप्रश्वासमा समस्या भएका, दम, खोकी, मुटुका बिरामी प्रभावित हुने भएकाले सकेसम्म घर बाहिर ननिस्किन विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...