लुटपाटमा संग्लग्न २ जना पक्राउ

478

सुनसरी । इनरुवा नगरपालिका-२ का अजय पण्डितलाई छुरा प्रहार गरी नगद तथा मोबाइल लुटपाट गरी फरार रहेका २ जना पक्राउ परेका छन् ।

यही पौष १७ गते बिहान साढे ६ बजेको समयमा इनरुवा नगरपालिका-९ मा पण्डितलाई छुरा प्रहार गरी पण्डितसँग रहेको नगद तथा मोबाइल लुटपाट गरी फरार रहेका देवानगञ्ज गाउँपालिका-५ घर भइ इनरुवा-१ मा बस्दै आएका २२ वर्षीय गजेन्द्रप्रसाद ठाकुर र महदेवा गाउँपालिक-५ सप्तरी घर भइ इनरुवा-१ बस्दै आएका २१ वर्षीय मुकेश मण्डललाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले १९ गते पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...