पारस खड्काले २५ दिनपछि जिते कोरोना

252

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा ब्याट्सम्यान पारस खड्का कोरोनामुक्त भएका छन् ।

पारसले सोमबार सामाजिक सञ्जालमा आफू संक्रमण भएको २५ दिनपछि पिसिआर रिर्पोट नेगेटिभ आएको जनाएका छन् । पारसले सबैलाई धन्यवाद दिँदै २०२१ का लागि तयार भएकोसमेत बताए ।

कोरोना संक्रमणका कारण पारसले चितवनमा निर्माणाधीन गाैतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाकाे नमुना गौतम बुद्ध क्रिकेट स्टेडियममा भएको ‘गौतम बुद्ध कप’ गुमाएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...