पछिल्लाे २४ घन्टामा थप ५२२ जनामा कोरोना संक्रमण : ८ जनाको मृत्यु

122

काठमाडाैं । देशभर पछिल्लो २४ घन्टामा ५ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ४ हजार ५ सय ५१ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा ३ सय ३८ पुरुष र १ सय ८४ महिला गरी ५ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयकाअनुसार थपिएका ५ सय २२ जनासहित कुल कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार ७ सय ८४ पुगेको छ । यीमध्ये ५ हजार २ सय २५ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौं उपत्यकामा मात्रै २ सय ३२ जना संक्रमित भेटिएका छन् । थपिएकाहरुमा काठमाडौंका १ सय ७१,  ललितपुरका ५३ र भक्तपुरमा ८ जना रहेका छन् ।

पछिल्लो २४ घन्टामा ५ सय ७८ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै २ लाख ५५ हजार ६ सय ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९७.३ प्रतिशत रहेको छ ।

यस्तै, कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । थपिएका ७ जनासँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ९३ जना पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...