नागढुङ्गाबाट डेढ करोड रुपैयाँसहित भारतीय नागरिकसहित दुई जना पक्राउ

186

काठमाडौं । प्रहरी काठमाडौं छिर्दै गरेको अवस्थामा नागढुङ्गा नाकाबाट श्रोत नखुलेको डेढ करोड रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी उक्त रकम वरामद गरेको हो ।

विशेष सूचनाको आधारमा खटिएका प्रहरीले सोमबार विहान साढे चार बजेको समयमा कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको प्रदेश ३–०१–०२३ च २२५९ नम्बरको हुन्डाई सिल्भर रंगको कारसहित दुई जनालाई प्रक्राउ गरेको हो । प्रहरीले उक्त कारको विभिन्न भागबाट श्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार रकम वरामद गरेको छ ।

श्रोत नखुलेको उक्त नगद भारत गोरखपुर घण्टाघर ठेगाना बताउने ३० वर्षीय अमित गुप्ताको भएको नेपाल प्रहरीको प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रमेश बिष्टले जानकारी दिए । कपिलवस्तु जिल्ला बाँडगंगा नगरपालिका–४ बस्ने २२ वर्षीय संगम थारुले कार चालक रहेको बिष्टले बताए ।

उक्त रकम कसरी किन ल्याइयो भन्ने विषयमा प्रहरीले अहिले अनुसन्धान गरिरहेको बिष्टले बताए । हुन्डी, सुन तस्कर तथा अपराधिक कृयाकलापमध्ये कुनै पनि क्षेत्रमा लगानी गर्ने गरी यो रकम आएको हुनसक्ने प्रहरीको प्ररम्भिक अनुसन्धानले देखाएको छ । तर यति धेरै पैसा गुप्ताको हो कि अरुको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बिष्टले बताए ।

उनकाअनुसार नेपाल र भारतको बोर्डर साइटमा बस्ने उनीहरुले विभिन्न समयमा पटक पटक श्रोत नखुलेको पैसा ल्याएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...