बिबिएल २०२० : सन्दीप लामिछाने सम्मिलित टोली स्टार्ससँग १० रनले पराजित

240

होबार्ट । अष्ट्रेलियामा जारी दशौँ संस्करणको बिग बास लिग (बिबिएल) टी–२० अन्तगर्त सोमबारको खेलमा मेलबर्न स्टार्सले विजयी भएको छ । स्टार्सले नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टोली होबार्ट हुरिकेन्सलाई १० रनले पराजित गरेको हो ।

होबार्टस्थित बेलेराइभ ओवलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्टार्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८३ रन बनाएको थियो ।

स्टार्सका मर्कूस स्टोइनिसले ९७ रनको अविजित पारी खेले । यस्तै, हिल्टोन कार्टराइटले ३६ तथा निकोलास पूरनले २६ रन बनाए ।

होबार्टका नाथान एलिसले ३, रिले मेरिडिथले २ तथा सन्दीप लामिछानेले एक विकेट लिए । सन्दीपले आफ्नो पूर्व क्लबका कप्तान म्याक्सवेललाई पहिलो स्पेलको दोस्रो ओभरमा एलबिडब्लु धरापमा पारे ।

१ सय ८४ रनको लक्ष्य पछ्याएको होबार्टले ६ विकेटको क्षतिमा १ सय ७३ रन मात्र बनाउन सक्यो । होबार्टका बेन क्याकडर्मोटले ९१, डेविड मलानले २६ तथा पिटर ह्याण्ड्सकम्बले २१ रनको पारी खेले पनि टोलीलाई जित दिलाउन सकेन ।

जितसँगै स्टार्स अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ भने पराजित होबार्ट तेस्रो स्थानमा यथावत् रहेको छ । तालिकाको शीर्ष स्थानमा सिड्नी सिक्सर्स र दोस्रो स्थानमा थन्डर्स रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...