पछिल्लाे २४ घन्टामा थप ४०३ जनामा कोरोना संक्रमण : ७ जनाको मृत्यु

260

काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा ४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ४ हजार ४ सय १ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा २ सय ४४ पुरुष र १ सय ५९ महिला गरी ४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयकाअनुसार थपिएका ४ सय ३ जनासहित कुल कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार २ सय ६२ पुगेको छ । यीमध्ये ५ हजार २ सय ८९ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौं उपत्यकामा मात्रै १ सय ८५ जना संक्रमित भेटिएका छन् । थपिएकाहरुमा काठमाडौंका १ सय ४०, भक्तपुरका २४ र ललितपुरका २१ जना रहेका छन् ।

पछिल्लो २४ घन्टामा ५ सय ९४ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै २ लाख ५५ हजार ८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९७.३ प्रतिशत रहेको छ ।

यस्तै, कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । थपिएका ७ जनासँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ८५ जना पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...