बिबिएल २०२० : मेलबर्न रेनेगेड्समाथि पर्थ स्कोर्चर्सकाे सहज जित

223

पर्थ । अष्ट्रेलियामा जारी दशौँ संस्करणको बिग बास लिग (बिबिएल) टी २० अन्तर्गत पर्थ स्कोर्चर्स विजयी भएको छ । आइतबार भएको पहिलो खेलमा पर्थले मेलबर्न रेनेगेड्सलाई ९६ रनले पराजित गर्दै छैटौँ स्थानमा उक्लिएको हो ।

पर्थ स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली पर्थले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ८५ रन बनाएको थियो ।

राम्रो सुरुवात गरेको पर्थले पहिलो विकेटका लागि ज्यासन रोय र लियाम लिभिङस्टोनले ४१ रनको साझेदारी गरे । आउट हुनअघि रोयले २७ तथा लिभिङस्टोन २० रन बनाएका थिए । यस्तै, कोलिन मुनरोले ५२ तथा जोस इग्लिसले नटआउट ७१ रनको योगदान दिए ।

१ सय ८६ रनको चुनौती पाएको रेनेगेड्सले १२.५ ओभरमा ८९ रनमा सिमित हुन पुग्यो । रेनेगेड्सका ज्याक प्रिस्टविड्जले ३३ र शन मार्सले १४ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पर्थका फवाद अहमद र आरोन हार्डीले समान २-२ लिए ।

जितसँगै ६ खेलबाट ९ अंकसहित पर्थ तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । पराजित रेनेगेड्स पुछारमा रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...