छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित ३ जना पक्राउ

184

मोरङ । मोरङका तीन छुट्टाछुट्टै स्थानहरुबाट आइतबार दिउँसो लागुऔषधसहित ३ जना पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो १ बजे विराटनगर-१६ बाट सुन्दरहरैचा नगरपालिका-११ का ३२ वर्षीय कुशल चौधरीलाई लुपिजेसिक-६ एम्पुल, एभिल-६ एम्पुल, डाइजेलाब-६ एम्पुल र फेनारगन-६ एम्पुल सहित पक्राउ गरेको हो ।

यसैगरी इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका-२ का २४ वर्षीय अनिके राईलाई विराटनगर-१६ बाट लुपिजेसिक-८ एम्पुल, एभिल-८ एम्पुल, डाइजेलाब-८ एम्पुल र फेनारगन-८ एम्पुल सहित आइतबार दिउँसो १ बजे पक्राउ गरेको हो ।

यस्तै प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका-१ का २८ वर्षीय अनिश नेपालीलाई नाइट्रोभेट ट्याब्लेट २३ पिस , आइपिपिएल ६ एम्पुल , डाइजोल्याब ६ एम्पुल , फेनारगन ६ एम्पुल र एभिल ६ एम्पुलसहित पक्राउ गरेको छ ।

पक्राउ परेका तीनै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...