पछिल्लो २४ घन्टामा थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि : ८ को मृत्यु

185

काठमाडौं । केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्यामा कमी आएको छ । पछिल्लो २४ घन्टामा ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घन्टामा ५ हजार ८ सय जनामा गरिएको पिसिआर परीक्षणको नजितामा २ सय ४६ पुरुष र १ सय ७५ महिलागरी ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थपिएका ४ सय २१ जनासहित देशभर कूल कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको छ । यीमध्ये ५ हजार ४ सय ८७ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ६ सय ३७ जनाले कोरोना जितेका छन् । योसँगै देशभर संक्रमणमुक्त हुनेको संख्या २ लाख ५४ हजार ४ सय ९४ जना पुगेको छ ।

पछिल्ले २४ घन्टा देशभर कोरोना संक्रमणबाट ८ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयकाअनुसार थपिएका ८ जनासहित कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ७८ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...