प्रधानमन्त्री कप महिला क्रिकेटः एपिएफलाई ६ रनले हराउँदै प्रदेश एक पहिलो पटक बन्यो च्याम्पियन

136

दाङ । दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट टी-२० प्रतियोगितको उपाधि प्रदेश नम्बर एक ले जितेको छ । आइतबार भएको फाइनल खेलमा विभागीय टोली एफिएफलाई ६ रनले पराजित गर्दै च्याम्पियन बनेको हो ।

लमही क्रिकेट ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एकले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ५ रन बनाएको थियो ।

प्रदेश एकका अप्सरी बेगमले ३४, काजल श्रेष्ठले नटआउट २९, रुविना क्षेत्रीले १८ रन जोडिन् भने एपिएफका बलरले १४ रन अतिरिक्त दिएका थिए ।

१ सय ६ रनको लक्ष्य पछ्याएको एपिएफले ९९ रन मात्र बनाउन सक्यो । एपिएफका ममता चौधरीले ३४, करुण भण्डारीले नटआउट २६ र ज्योति पाण्डले १४ रनको योगदान गरेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

प्रदेश एकका एलिशा खडिया र रुविना क्षेत्रीले समान २-२ तथा संगिता राईले एक विकेट लिइन् ।

प्रतियोगिताको विजेता प्रदेश नम्बर ले नगद ५ लाख, उपविजेता एपिएफले तीन लाख र सेमिफाइनलमा पराजित लुम्बिनी र सुदूरपश्चिमले २५–२५ हजार रुपैयाँ प्राप्त गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...