प्रचण्ड-माधवलाई खिया लागेका ‘नटबल्डु’को संज्ञा दिँदै ओलीको व्यङ्ग्य : बरमझियाको ‘बाजेको पेडा पसल’ हो, असली मै हुँ भन्नलाई ?

282

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पदका लागि भौतारिएको बताएका छन् । नेकपा काठमाडौंको ओली पक्षको भेलालाई सम्बोधन गर्दै उनले दुबै नेता पदका लागि अलग भएको बताए ।

प्रधानमन्त्री ओलीले आफूहरु छोरी, बुहारी, भाइ, भतिजाका लागि नलडेको भन्दै प्रचण्डले पनि त्यस्तो काममा नलाग्न अपिल गरे । पद चाहिए पार्टीको आधिकारिक बैठकमा आउनपनि ओलीले आग्रह गरे ।

प्रचण्डमाधव समूहले आधिकारिकताको दावी गरेकामा व्यङ्ग्य गर्दै उनले पार्टी बरमझियाको बाजेको पेडा पसल नभएको भन्दै असली मै हुँ भन्न जरुरी नभएको बताए ।

ओलीले प्रचण्डमाधव खिया लागेको नटबल्डु भएको भन्दै उनीहरुको बहिर्गमनपछि पार्टीले रफ्तार लिएको बताए । आफूले हटाउनुपर्ने चिज आफै साइड लागेको उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...