बोर्डर–गवास्कर सिरिज : बाँकी दुई टेष्टका लागि भारतीय टोलीको घोषणा, शर्मा र नटराजन समावेश

218

एजेन्सी। अष्ट्रेलियाविरुद्धको टेष्ट सिरिज अन्तर्गत बाँकी दुई खेलका लागि भारतले टी नटराजन र राेहित शर्मालाई टोलीमा समावेश गरेको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बिसिसिआइ)ले यावदको स्थानमा २९ वर्षीय बाँया हाते फास्ट बलर नटराजनलाई टोलीमा समावेश गरेको हो । बोर्डर–गवास्कर सिरिज अन्तर्गत दोस्रो टेष्टमा भारतका उमेश यादव घाइते भएका थिए ।

यस्तै भारतीय टोलीमा एकदिवसीय र टी–२० का ओपनर रोहित शर्मालाई पनि समावेस गरिएको छ । आइपिएलमा चोटग्रस्त भएका रोहित फिटनेस पास हुँदै टोलीमा जोडिएका हुन् ।

यसअघि भारतका फास्ट बलर मोहम्मद शामी चोटग्रस्त हुँदै सिरिजबाट बाहिरिएका छन् ।

नटराजनले अष्ट्रेलियासँगको टी–२० र एकदिवसीय खेलमा डेव्यु गरेका थिए ।

अष्ट्रेलिया र भारतबीच यसअघि सम्पन्न भएको दुई खेलमा दुवै टोलीले एक–एक खेल जितेका छन् ।

भारतीय टोली
अजिङ्क्य रहाने(कप्तान), रोहित शर्मा, मयंक अग्रवाल, पृथ्वी शाँ, लोकेश राहुल, चेतेश्वर पुजरा, हनुमा विहारी, शुभमन गिल, ऋद्धिमान साह, ऋषभ पन्त, जसप्रीत बुम्राह, नवदीप सैनी, कुलदीप यादव, रविन्द्र जडेजा, रविचन्द्रन आश्विन, मोहम्मद सिराज, शार्दुल ठाकुर, टी नटराजन

Share This:
सम्बन्धित खबर
Loading...