उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न ५ जना पक्राउ

305

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले तार्केश्‍वर-६, धर्मस्थलीबाट १ जना र काठमाण्डौं-१६, म्हैपीबाट ४ जना गरी मोटरसाइकल चोरी गर्ने ५ जनालाई बुधबार पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए ।

धर्मस्थलीबाट नुवाकोट काउले गाउँपालिका वडा नम्बर ५ घर भइ हाल काभ्रेस्थली बस्ने २२ वर्षीय रमेश तामाङ्गलाई प्रदेश ३-०२-०१६प३८०४ नम्बरको रातो रंगको २०० सिसिको पल्सर मोटरसाइकलसहित पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

उक्त नम्बरको मोटरसाइकल मिति २०७७/०७/०२ गते खुमलटार ललितपुरबाट हराएको हुँदा खोज तलास गरि पाउँ भनि रोशन अधिकारीले निवेदन दिएका थिए । उक्त निवेदनका आधारमा मोटरसाइकल र मानिस पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त, सातदोबाटो ललितपुर पठाइएको छ ।

त्यस्तै, काठमाडौं म्हैपीबाट जिल्ला नुवाकोट दुप्चेश्‍वर गाउँपालिका वडा नम्बर ५ घर भइ हाल काठमाडौं झोर बस्ने २२ वर्षीइ किरण लामा, जिल्ला नुवाकोट दुप्चेश्‍वर गाउँपालिका वडा नम्बर ५ घर भइ हाल काठमाडौं गणेशस्थान बस्ने २१ वर्षीय क्षितिज तामाङ्ग, नुवाकोट सूर्यगडी गाउँपालिका वडा नम्बर १ घर भइ हाल जिल्ला काठमाडौं मनमैजु बस्ने २३ वर्षीय दिपक तामाङ्ग र जिल्ला बारा करैया गाउँपालिका वडा नम्बर ४ घर भइ तार्केश्‍वर नगरपालिका वडा नम्बर १० बस्ने २३ वर्षीय गंगा चौधरी पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

उनीहरूको साथबाट प्रदेश ३-०२-०१५ प ३६०४ नम्बरको कालो रंगको १५० सिसिको पल्सर मोटरसाइकल पक्राउ परकोमा उक्त मोटरसाइकल वास्तविक नम्बर बा ९८ प ३९७६ रहेको अनुसन्धानबाट खुल्न आएको छ । उक्त नम्बरको मोटरसाइकल मिति २०७७/०३/२१ गते जिल्ला काठमाडौं तार्केश्‍वर नगरपालिका वडा नम्बर ५ गोल्ढुङ्गाबाट हराएको हुँदा खोज तलास गरि पाउँ भनि प्रविन ढुंगानाले हुलियासहितको निवेदन दिएका थिए ।

उक्त निवेदनका आधारमा मोटरसाइकल र मानिस पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त बालाजु पठाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...