काठमाडौंमा १८० जनासहित थप ५३४ जनामा संक्रमण पुष्टि : कोरोनाबाट ९ को मृत्यु

126

काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ५ सय ३४ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ६ हजार जनामा गरिएको पिसिआर परीक्षणका नतिजामा ३ सय ३८ पुरुष र १ सय ९६ महिला गरी ५ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै अहिलेसम्म कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६० हजार ५ सय ९३ जना पुगेको छ । यीमध्ये ६ हजार ३ सय ७८ जना अझै सक्रिय संक्रमित अवस्थामै रहेका छन् ।

पछिल्लो २४ घन्टामा देशभरबाट ४ सय ४७ जना निको भएरका छन् । उनीहरुसँगै अहिलेसम्म निको हुनेको संख्या २ लाख ५२ हजार ३ सय ५९ रहेको छ । निको हुने दर ९६.८ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट बिहीबार ९ जनाले ज्यान गुमाएका छन् । मृत्यु भएका नौ जनासहित अहिलेसम्म कूल संख्या १ हजार ८ सय ५६ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...