टेष्ट वरियतामा स्मिथलाई पछि पार्दै विलियम्सन शीर्ष स्थानमा

240

काठमाडौं । न्युजिल्यान्डका कप्तान केन विलियम्सन टेष्ट वरियताको शीर्ष स्थानमा उक्लिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जारी गरेको नयाँ वरियताक्रममा विलियम्सन अष्ट्रेलियाका स्टेभन स्मिथ र भारतका कप्तान विराट कोहलीलाई पछि पार्दै पहिलो स्थानमा उक्लिएको हो ।

पाकिस्तानविरुद्धको ‘बक्सिङ डे’ टेष्टको पहिलो पारीमा १ सय २९ र दोस्रो पारीमा २१ रनको योगदान दिएका विलियम्सनले ८ सय ९० रेटिङ अंक प्राप्त गरेको छ । यता भारतसँगको टेष्ट सिरिजको चार पारीमा मात्र १० रन बनाएका स्मिथ दुई स्थान तल झरेका छन् ।

८ सय ७९ अंकसहित कोहली दोस्रो स्थानमा यथावत् रहेको छ भने स्मिथको ८ सय ७७ अंक रहेको छ । यसैगरी, मर्नुस लबुसचेन, बाबर आजम चौथो र पाँचौँ स्थानमा यथावत् रहँदा अजिङ्क्य रहानेले पाँच स्थान सुधार गर्दै छैटौँ स्थानमा उक्लिएको छ ।

यस्तै, अष्ट्रेलियाका डेविड वार्नर र इंग्ल्यान्डका बेन स्ट्रोक्सलाई एक–एक स्थान घाटा भएको छ । उनीहरु क्रमश सातौँ र आठौँ स्थानमा रहेका छन् । जोय रुट नवौँ र चेतेश्वर पुजरा दशौँ स्थानमा रहेका छन् ।

यस्तै, बलिङतर्फ अष्ट्रेलियाका प्याट कमिन्स शीर्ष स्थानमा यथावत् रहेका छन् । यस्तै, स्टुवार्ड ब्रोड, निल वाग्नर, टिम साउथी दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन् । मिचेल स्टार्क, रविचन्द्रन आश्विन र जसप्रीत बुम्राहले टेष्ट बलिङ र्‍याङ्किङमा सुधार गरेका छन् भने जोस हेजलवूड र जेम्स एन्डरसनको वरियता घटेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...