बोर्डर-गवास्कर सिरिज : अष्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै भारतद्वारा सिरिज १-१ को बराबरी

238

मेलबर्न । टेष्ट च्याम्पियनसीप अन्तर्गत अष्ट्रेलियाविरुद्धको दोस्रो टेष्टमा भारत ८ विकेटले विजयी भएको छ । जितसँगै भारतले चार खेलको टेष्ट सिरिजमा १-१ को बराबरी गरेको छ ।

बक्सिङ डे अन्तर्गत चौथो दिनमा अष्ट्रेलियाले दिएको ७० रनको लक्ष्य भारतले २ विकेटको क्षतिमा पुरा गर्दै ८ विकेटको जित हात पारेको हो । भारतको जितमा शुभमन गिल र आजिङ्क्य रहानेले नटआउट ३५ र २७ रनको पारी खेले । मयंक अग्रवाल र चेतेश्वर पुजरा ५ र ३ रनमा आउट भए ।

चौथो दिन अष्ट्रेलियाले २ सय रन बनाउँदा सबै विकेट गुमाएको थियो । पहिलो पारीमा १ सय ३१ रनले पछि परेको घरेलु टोली अष्ट्रेलियाले भारतलाई ७० रनको लक्ष्य दिएको हो ।

अष्ट्रेलियाका क्यामरोन ग्रिनले ४५, म्याथ्यु वेडले ४०, मर्नुस लबुसचेनले २८, प्याट कमिन्सले २२ तथा ट्राभिस हेडले १७ रनको पारी खेले ।

भारतका मोहम्मद सिराजले ३, रविन्द्र जडेजा, जस्प्रीत बुम्राह र रविचन्द्रन आश्विनले समान २-२ तथा उमेश यादवले एक विकेट लिए ।

मेलबर्न क्रिकेट ग्राउण्डमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको घरेलु टोली अष्ट्रेलियाले पहिलो पारीमा १ सय ९५ रनमा अलआउट भएको छ । शनिबारनै पहिलो पारीको सुरुवात गरेको भारतले दिनको समाप्तिमा एक विकेटको क्षतिमा ३६ रन जोडेको छ ।

अष्ट्रेलियाका मर्नुस लबुसचेनले सर्वाधिक ४८ रनको योगदान दिए । यस्तै, ट्राभिस हेडले ३८, म्याथ्यु वेडले ३०, नाथान लियोन २०, टिम पेनले १३ तथा क्यामरुन ग्रिनले १२ रनको पारी खेले ।

अष्ट्रेलियालाई सस्तैमा समेट्ने क्रममा भारतका जस्प्रीत बुम्राहले ४, रविचन्द्रन आश्विनले ३, मोहम्मद सिराजले २ तथा रविन्द्र जडेजाले एक विकेट लिए ।

पहिलो पारीमा भारतले ३ सय २६ रन बनाएको थियो । भारतका कप्तान अजिङ्क्य रहानेले १ सय १२ रनको पारी खेले । २०२० सालको अन्तिम शतक प्रहार गर्ने क्रममा २ सय बल खेल्दै १२ चौका प्रहार गरेका छन् ।

यसैगरी, भारतका शुभमन गिलले ४५, ऋषभ पन्तले २९, हनुमा विहारीले २१ तथा चेतेश्वर पुजराले १७ रनको योगदान दिएका छन् ।

अष्ट्रेलियाका मिचेल स्टार्क र नाथान लियोनले समान ३-३, प्याट कमिन्सले २ तथा जोस हेजलवूडले एक विकेट लिए ।

Share This:
सम्बन्धित खबर
Loading...