बोर्डर गवास्कर सिरिज : अष्ट्रेलियाद्वारा भारतलाई ७० रनको लक्ष्य

160

मेलबर्न । टेष्ट च्याम्पियनसीप अन्तर्गत भारत र अष्ट्रेलियाबीचको दोस्रो टेष्टमा अष्ट्रेलियाले ७० रनको लक्ष्य दिएको छ ।

खेलको चौथो दिनको सुरुवात गरेको अष्ट्रेलियाले २ सय रन बनाउँदा सबै विकेट गुमाएको थियो । पहिलो पारीमा १ सय ३१ रनले पछि परेको घरेलु टोली अष्ट्रेलियाले भारतलाई ७० रनको लक्ष्य दिएको हो ।

अष्ट्रेलियाका क्यामरोन ग्रिनले ४५, म्याथ्यु वेडले ४०, मर्नुस लबुसचेनले २८, प्याट कमिन्सले २२ तथा ट्राभिस हेडले १७ रनको पारी खेले ।

भारतका मोहम्मद सिराजले ३, रविन्द्र जडेजा, जस्प्रीत बुम्राह र रविचन्द्रन आश्विनले समान २-२ तथा उमेश यादवले एक विकेट लिए ।

अष्ट्रेलियाले पहिलो इनिङ्समा १ सय ९५ रन बनाएको थियो भने भारतले ३ सय २६ रन जोडेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...