बिबिएल २०२० : पर्थ स्कोर्चर्सलाई ७१ रनले पराजित गर्दै एडिलेड शीर्ष स्थानमा उक्लियो

215

एडिलेड । दशौँ संस्करणको बिग बास लिग (बिबिएल) टी–२० अन्तर्गत एडिलेड स्ट्राइकर्स विजयी भएको छ । सोमबार भएको खेलमा एडिलेडले पर्थ स्कोर्चर्सलाई ७१ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

टस एडिलेड ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको एडिलेडले निर्धारित २० ओभरमा ८ विकेतको क्षतिमा १ सय ६५ रन बनाएको थियो । एडिलेडका फिलिप साल्टले ५१, राशिद खानले २९, जक विदराल्डले १८, म्याथ्यु सर्टले १६ तथा एलेक्स क्यारीले १५ रन जोडेका थिए ।

पर्थका झाइ रिचर्डसनले ३, एन्ड्रयु ताइ र मिचेल मार्सले समान २–२ विकेट लिए ।

१ सय ६६ रनको विजयी लक्ष्य पाएको पर्थले १५.२ ओभरमा सबै विकेट गुमाउँदै ९४ रन मात्र बनाउन सक्यो । पर्थका लियाम लिभिङ्स्टोनले २२, ज्यासन रोयले २१, जोस इग्लिसले १६ तथा एन्ड्रयु ताइले १३ रन बनाउनुबाहेन अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेन ।

पर्थलाई सस्तैमा समेट्ने क्रममा एडिलेडका पाँचै जना बलर ड्यानी ब्रिग्स, वेस अगर, राशिद खान, पिटर सिडल र दानिएल वोराल ले समान २–२ विकेट लिए ।

जितसँगै एडिलेड पाँच खेलबाट १३ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यस्तै, सिड्नी सिक्सर्स दोस्रो, थन्डर्स तेस्रो, होबार्ट हुरिकेन्स चौथो र मेलबर्न स्टार्स पाँचौँ स्थानमा रहेको छ । पराजित पर्थ स्कोर्चर्स २ अंक जोड्दै पुछारमा रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...