बिबिएल २०२० : ब्रिसबेनको पहिलो जित, होबार्ट ४ विकेटले पराजित

229

ब्रिसबेन । दशौँ संस्करणको बिग बास लिग (बिबिएल) टी-२० प्रतियोगिता अन्तर्गत ब्रिसबेन हिटले पहिलो जित हात पारेको छ । आइतबार भएको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टोली होबार्ट हुरिकेन्सलाई ४ विकेटले पराजित गरेको हो ।

होबार्टले दिएको १ सय ४८ रनको लक्ष्य ब्रिसबेनले १७.२ ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्यो । ब्रिसबेनको जितमा साम हिजलेटले ४८, जेम्स बजले र जिम्मी पिरसनले नटआउट ३१ र १६ रन बनाए । यस्तै, म्याक्स ब्रायन्टले ३१ रनको योगदान दिए ।

यसअघि, ब्रिसबेनस्थित गब्बामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको होबार्टले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४८ रन बनाएको थियो । होर्बाटका डिआर्ची सर्टले २७, जेम्स फल्कनरले २६, टिम डेविडले २१, कोलिन इन्ग्राम र बेन म्याकडर्मोटले समान १६१६ तथा डेविड मलानले १५ रन जोडे ।

ब्रिसबेनका लेविस ग्रेगोरीले ३, मार्क स्टिकेटीले २ तथा मुजीब उर रहमान र ज्याक वाइल्डर्मुथले समान एक एक विकेट हात पारे ।

प्रतियोगितामा पहिलो जित हात पारेको ब्रिसबेन पाँच अंकसहित तालिकाको छैटौँ स्थानमा उक्लिएको छ भने पराजित होबार्ट तेस्रो स्थानमा यथावत् रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...