काठमाडौं । आगामी पुस १७ देखि राष्ट्रिय सभाको अधिवेशन सुरु हुने भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसद् अधिवेशन बोलाएकी हुन् ।
संविधानको धारा ९३ को उपधारा १ अनुसार राष्ट्रपति भण्डारीले संसद् अधिवेशन बोलाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । पुस १७ गते दिउँसो ४ बजेका लागि अधिवेशन आह्वान गरिएको छ ।