बझाङको नेकपा कार्यालयमा ओली समूहले लगाए ताला

232

बझाङ । बझाङको सदरमुकाम चैनपुर पानकोटस्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यालयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष्य खड्गप्रसाद शर्मा ओली समूहले तालाबन्दी गरेको छ ।

प्रचण्ड-नेपाल समूहको बहुमत रहेको बझाङमा ओली निकट विद्यार्थी संगठन अनेरास्वियू संयोजक प्रविन्द्र धामीले ताला लगाएकाे बताए ।

उनले पार्टी कार्यालयमा केही समयदेखि गुटगत भेला आयोजना भइरहेको भन्दै निर्वाचन आयोगको निर्णय आएपछि मात्र खोल्ने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...