बोर्डर–गवास्कर सिरिज : रहाने र जडेजाले शतकीय साझेदारी गर्दा भारत बलियो स्थितिमा

165

मेलबर्न । अष्ट्रेलियाविरुद्धको दोस्रो टेष्टमा भारत मझबुत स्थितिमा पुगेको छ । टेष्टको दोस्रो दिन एक विकेटको क्षतिमा ३६ रनको स्थितिबाट पारीको सुरुवात गरेको भारतले दिनको समाप्तिमा पाँच विकेट गुमाउँदै २ सय ७७ रन बनाएको छ भने पहिलो इनिङ्समा ८२ रनको अग्रता समेत बनाएको छ ।

दोस्रो दिनमा भारतीय ब्याट्सम्यान अष्ट्रेलियन बलरमाथि हाबी भए । भारतका कप्तान अजिङ्क्य रहाने र रविन्द्र जडेजा १ सय ४ र ४० रनमा नटआउट रहेका छन् । रहानेले २०२० सालको अन्तिम शतक प्रहार गर्ने क्रममा २ सय बल खेल्दै १२ चौका प्रहार गरेका छन् ।

यसैगरी, भारतका शुभमन गिलले ४५, ऋषभ पन्तले २९, हनुमा विहारीले २१ तथा चेतेश्वर पुजराले १७ रनको योगदान दिएका छन् ।

अष्ट्रेलियाका मिचेल स्टार्क र प्याट कमिन्सले समान २-२ तथा नाथान लियोनले एक विकेट लिए ।

यसअघि, मेलबर्न क्रिकेट ग्राउण्डमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको घरेलु टोली अष्ट्रेलियाले पहिलो पारीमा १ सय ९५ रनमा अलआउट भएको छ । शनिबारनै पहिलो पारीको सुरुवात गरेको भारतले दिनको समाप्तिमा एक विकेटको क्षतिमा ३६ रन जोडेको छ ।

अष्ट्रेलियाका मर्नुस लबुसचेनले सर्वाधिक ४८ रनको योगदान दिए । यस्तै, ट्राभिस हेडले ३८, म्याथ्यु वेडले ३०, नाथान लियोन २०, टिम पेनले १३ तथा क्यामरुन ग्रिनले १२ रनको पारी खेले ।

अष्ट्रेलियालाई सस्तैमा समेट्ने क्रममा भारतका जस्प्रीत बुम्राहले ४, रविचन्द्रन आश्विनले ३, मोहम्मद सिराजले २ तथा रविन्द्र जडेजाले एक विकेट लिए ।

Share This:
सम्बन्धित खबर
Loading...