लागुऔषधसहित एक जना पक्राउ

203

उदयपुर । उदयपुरको कटारी नगरपालिका-३ बाट लागुऔषधसहित १ जना पक्राउ परेका छन् ।

बसपार्क क्षेत्रमा लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा शनिबार दिउँसो इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका-४ का २८ वर्षीय भिम बहादुर खत्रीलाई पक्राउ गरेको हो ।

खड्काको साथबाट प्रहरीले लागुऔषध नाइट्राभेट ५ सय ४० ट्याब्लेट र एक बोत्तल डाइलेक्स डिसी बरामद गरेको छ ।

लागुऔषधसहित पक्राउ परेका खत्रीको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कर्यालय कटारीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...