प्रदेश एकका मुख्यमन्त्री राईले गरे अर्थमन्त्री आङ्बोलाई बर्खास्त (पत्रसहित)

267

विराटनगर । नेकपामा देखिएको विवाद प्रदेश सरकारहरुमा समेत पर्न थालेको छ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रहाङ आङ्बोलाई बर्खास्त गरेका छन् ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सरकारकै जिम्मेवार मन्त्री सक्रिय भएको आरोप लगाउँदै मुख्यमन्त्री राईले उनलाई बर्खास्त गरेको बताए ।

संविधानको धारा १६९ को (२) (ख) बमोजिम मन्त्री आङ्बोलाई मुख्यमन्त्रीले पदमुक्त गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुब सुवेदीले जानकारी दिए । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन मन्त्री आङ्वो आफै लागेको थाहा पाएका मुख्यमन्त्री राईले शनिबार साँझ उनलाई पदमुक्त गरेको उनको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेकपा दुई खेमामा विभाजित छ ।

प्रदेश १ मा प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावको तयारी गरेको चर्चा चल्दै गर्दा मुख्यमन्त्री राईले अर्थमन्त्री आङ्बोलाई बर्खास्त गरेका हुन् । मुख्यमन्त्री राई ओली समूहका हुन् ।

दाहाल–नेपाल समूहले आइतबार नै प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी सुरु गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...