भारतीय नक्कली नोटसहित दुई जना पक्राउ

166

विराटनगर । गए राति भारतीय नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बौका चोप्रहा निवासी ३० वर्षीय कुन्दनको साथबाट २ सयका भारतीय नक्कली नोट रु तीन हजार ४ सय र अर्का भारतीय नागरिक शिवरञ्जन सिंहका साथबाट १ सयको भारतीय नक्कली नोट रु १४ हजार ३ सय बरामद गरेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

प्रहरीले दुवै जनालाई मोरङको रङ्गेली नगरपालिका क्षेत्रबाट नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान सुरु गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...