बोर्डर–गवास्कर सिरिज : अष्ट्रेलिया पहिलाे पारीमा १९५ रनमा समेटियाे

193

मेलबर्न । टेष्ट च्याम्पियनसीप अन्तर्गत अष्ट्रेलिया र भारतबीचको ‘बक्सिङ डे’ टेष्टमा अष्ट्रेलियाले सामान्य प्रदर्शन गरेको छ ।

मेलबर्न क्रिकेट ग्राउण्डमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको घरेलु टोली अष्ट्रेलियाले पहिलो पारीमा १ सय ९५ रनमा अलआउट भएको छ । शनिबारनै पहिलो पारीको सुरुवात गरेको भारतले दिनको समाप्तिमा एक विकेटको क्षतिमा ३६ रन जोडेको छ ।

अष्ट्रेलियाका मर्नुस लबुसचेनले सर्वाधिक ४८ रनको योगदान दिए । यस्तै, ट्राभिस हेडले ३८, म्याथ्यु वेडले ३०, नाथान लियोन २०, टिम पेनले १३ तथा क्यामरुन ग्रिनले १२ रनको पारी खेले ।

अष्ट्रेलियालाई सस्तैमा समेट्ने क्रममा भारतका जस्प्रीत बुम्राहले ४, रविचन्द्रन आश्विनले ३, मोहम्मद सिराजले २ तथा रविन्द्र जडेजाले एक विकेट लिए ।

अष्ट्रेलियालाई १ सय ९५ रनमा समेट्दै पहिलो इनिङ्सको सुरुवात गरेको भारतले पहिलो ओभरमै ओपनर मयंक अग्रवाललाई शून्य रनमा गुमाएको थियो । पहिलो दिनको खेल सकिन अघि टेष्टमा पर्दापण गरेका शुभमन गिल २८ र चेतेश्वर पुजरा ७ रनमा नटआउट रहेका छन् ।

दुई देशबीचको पहिलो डे/नाइट टेष्टमा अष्ट्रेलिया ८ विकेटले विजयी हुँदै चार खेलको बोर्डर–गवास्कर सिरिजमा १–० को अग्रता लिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...