पछिल्लो २४ घन्टामा ५ सय संक्रमित थपिए : संक्रमणबाट ३ जनाको मृत्यु

243

काठमाडौं । केही दिनयता देशभरमा कोरोना संक्रमितको संख्या कम हुँदै गएको छ । पछिल्लो २४ घन्टामा थप ५ सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ५ हजार ४ सय ३४ जनाको पिसिआर परीक्षणको नतिजामा २ सय ८७ पुरुष र २ सय १३ जना महिला गरी थप ५ सय जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयकाअनुसार थपिएका ५ सय जनासँगै देशभर कूल कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार ७ सय पुगेको छ ।

देशभर पछिल्लो २४ घन्टामा ८ सय ४० जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ४९ हजार १ सय ३२ जना पुगेको छ ।

यसैगरी कोरोना संक्रमणबाट थप ३ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय १९ जान पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...