पाकिस्तानविरुद्धको पहिलो टेष्टमा न्युजिल्यान्ड बलियो स्थितिमा

237

एजेन्सी । टेष्ट च्याम्पियनसीप अन्तर्गत पाकिस्तानविरुद्धको पहिलो टेष्टमा न्युजिल्यान्डले उत्कृष्ट प्रदर्शन गरेको छ ।

बे ओभल, माउन्ट माउन्गुन्इमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले पहिलो दिनको समाप्तीमा ३ विकेटको क्षतिमा २ सय २२ रन बनाएको छ । न्युजिल्यान्डका केन विलियम्सन ९४ र हेन्द्री निकोल्स ४२ रनमा नटआउट रहेका छन् ।

पहिलो दुई विकेट सस्तैमा गुमाएको न्युजिल्यान्डका टोम लाथम र टोम ब्लन्डेल ४ र ५ रनमा आउट भएका थिए । तेस्रो विकेटका लागि विलियम्सनसँग १ सय २० रनको शतकीय साझेदारी गरेका रोस टेलरले ७० रनको पारी खेले ।

पाकिस्तानका शहिन अफ्रिदीले सबै तीन विकेट लिएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...