विश्वभर थप ४,७२,४४३ जनामा कोरोना संक्रमण : संक्रमित ८,३७४ जनाको मृत्यु

281

काठमाडौं । गत वर्ष चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको प्रभाव विश्वमा अहिले पनि उत्तिकै रहेको छ । पछिल्लो २४ घन्टाको अवधिमा विश्वभर ४ लाख ७२ हजार ४ सय ४३ जना संक्रमित भएका छन् भने सोही अवधिमा ८ हजार ३ सय ७४ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको महामारीले सबैभन्दा बढी अमेरिकालाई क्षति पुर्याएको छ । अमेरिकामा २४ घन्टाको अवधिमा ९८ हजार ८ सय ४० जना संक्रमित भएका छन् भने १ हजार १ सय ९७ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कूल संक्रमितको संख्या १ करोड ९२ लाख १० हजार १ सय ६६ पुगेको छ । संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ३८ हजार २ सय ६३ रहेको छ ।

यसैगरी, कोरोना भाइरसले प्रभावित दोस्रो देशमा एसियाको भारत रहेको छ । भारतमा २२ हजार ३ सय ५० थप संक्रमित थपिँदा २ सय ५२ जनाले ज्यान गुमाएका छन् । भारतमा १ करोड भन्दा बढी कोरोना संक्रमित भएका छन् भने १ लाख ४७ हजार ३ सय ७९ जनाले ज्यान गुमाएका छन् ।

यस्तै, संक्रमितको संख्याअनुसार तेस्रो स्थानमा रहेको ब्राजिलमा पछिल्लो २४ घन्टामा २२ हजार ९ सय ६७ जना थपिएका छन् भने ४ सय ८३ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कूल संक्रमितको संख्या ७४ लाख ४८ हजार ५ सय ६० पुगेको छ भने १ लाख ९० हजार ५ सय १५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा रसियामा २९ हजार १८, फ्रान्समा २० हजार २ सय ६२, बेलायतमा ३२ हजार ७ सय २५, टर्कीमा १७ हजार ५ सय ४३, इटालीमा १९ हजार ३७, जर्मनीमा १८ हजार ४ सय ११ जना संक्रमित भएका छन् भने सोही अवधिमा रसियामा ५ सय ६३, फ्रान्समा १ सय ५९, बेलायतमा ५ सय ७०, टर्कीमा २ सय ५६, इटालीमा ४ सय ५९ र जर्मनीमा २ सय ८७ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

स्पेनमा भने पछिल्लो २४ घन्टामा कुनैपनि केस देखिएको छैन ।

विश्वभर कोरोना भाइरसबाट ८ करोड १ लाख ९४ हजार ८ सय ४१ जना संक्रमित भएका छन् भने १७ लाख ५६ हजार ९ सय ४७ जनाको मृत्यु भएको छ । ५ करोड ६४ लाख ६० हजार २ सय ३० जना संक्रमणमुक्त भएका छन् भने २ करोड १९ लाख ७७ हजार ६ सय ६४ जना संक्रिय संक्रमित अवस्थामै रहेका छन् । जसमध्ये १ लाख ५ हजार ७ सय ९९ जनाको अवस्था गम्भीर रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...