जुवा खेलिरहेको अवस्थामा १३ जना जुवाडे पक्राउ

168

उदयपुर । उदयपुर उदयपुरगढी-६ स्थित एक घरबाट जुवा खेलिरहेको अवस्थामा १३ जना जुवाडे पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उदयपुरगढी-५ का ३१ वर्षीय सुशिल कुमार गुरागाई, ३२ वर्षीय मनोज थापा, उदयपुरगढी-६ का २८ वर्षीय सुरज कुमार मगर, ३० वर्षीय जिवन गिरी, ३० वर्षीय धर्मनाथ दाहाल, ३१ वर्षीय दुर्गारमण दाहाल, ३२ वर्षीय युवराज कार्की, ३३ वर्षीय यादव खत्री र ४० वर्षीय शरद खत्री रहेका छन् ।

यसैगरी, रौतामाई-७ का ४३ वर्षीय प्रकाश दाहाल छन भने उदयपुरगढी-८ का २७ वर्षीय सुदिप खत्री, ४० वर्षीय श्याम खत्री र ४२ वर्षीय बिदुर खत्री रहेका छन् ।

घरमा जुवा खेलिरहेको भन्ने विशेष सुराकका आधारमा शुक्रबार बिहानको ३ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको थियो ।

साथै प्रहरीले जुवाखालबाट नगद ५८ हजार ८ सय ५ रुपैयाँ, १६ थान कौडा, १२ थान मोबाइल र ८ थान मोटरसाइकलसमेत बरामद गरेको छ ।

जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका सबै जना उपर कानुनी कारबाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...