काठमाडौं । टेष्ट च्याम्पियनसीप अन्तर्गत अष्ट्रेलिया भ्रमणमा रहेको भारतीय टोलीले बक्सिङ डे टेष्टका लागि प्लेइङ इलावेनको घोषणा गरेको छ । शुक्रबार घोषित टोलीमा पहिलाे टेष्ट खेलेका चार खेलाडीलाई परिवर्तन गरेको छ ।
दोस्रो टेष्टमा अजिङ्क्य रहानेले कप्तानी गर्नेछन् । नियमित कप्तान विदामा भारत फर्किपछि टोलीको जिम्मेवारी रहानेलाई दिइएको हो ।
दोस्रो टेष्टमा भारतका दुई खेलाडीले टेष्टमा डेब्यु गर्ने भएका छन् । जसमध्ये मध्यक्रमका ब्याट्सम्यान सुभमन गिल र फास्ट बलर मोहम्मद सिराज रहेका छन् ।
गिललाई कोहलीको स्थानमा र सिराजलाई मोमहम्मद शामीकाे स्थानमा खेलाएकाे हाे । यस्तै, पृथ्वी शाँ, ऋद्धिमान साहलाई पनि टोली बाहिर राखिएको छ ।