मन्त्रिपरिषद्‍मा व्यापक फेरवदल : कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?

226

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद्‍को हेरफेर तथा विस्तार गरेका छन् । ओलीले युवा तथा खेलकूदमन्त्री जगत् विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाई विदा दिएका छन् ।

पुनर्गठित मन्त्रिपरिषद्‍मा टोप बहादुर रायमाझी उर्जा जलस्रोत तथा सिंचाइमन्त्री भएका छन् । यस्तै, मणि थापा खानेपानी, प्रभु साह शहरी विकास र प्रेम आले वनमन्त्री भएका छन् ।

यसैगरी, गणेष ठगुन्ना सामान्य प्रशासनमन्त्री, गौरी शंकर चौधरी श्रममन्त्री तथा दावा लामा युवा खेलकूदमन्त्री भएका छन् ।

यस्तै, जुली कुमारी महतो महिला बालबालिबामन्त्री भएकी छन् भने विमला विश्वकर्मा उद्योग राज्यमन्त्री बनेकी छन् ।

यसअघि स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाललाई पर्यटन तथा संघीय मामिलामन्त्री रहेका हृदयेश त्रिपाठीलाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

यसअघिका महिला बालबालिकामन्त्री लीलानाथ श्रेष्ठ कानून र कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फेलाई भूमिव्यवस्थामन्त्री बनेकी छन् । भूमिव्यवस्थामन्त्री पद्‍मा अर्याललाई कृषि मन्त्रालयको जिम्मेवारी दिएको छ ।

त्यस्तै, शहरी विकासमन्त्री कृष्ण गोपाल श्रेष्ठ शिक्षामन्त्री भएका छन् ।

 गत आइतबार सात जना मन्त्रीले सामूहिक राजीनामा दिएपछि खाली भएको मन्त्रालयलाई समेटेर ओलीले मन्त्रिपरिषद् विस्तार तथा पुनर्गठन गरेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...