सशस्त्र प्रहरी परिवार महिला संघद्वारा न्यानो कपडा वितरण [फाेटाेकथा]

920

रौतहट । सशस्त्र प्रहरी परिवार महिला संघले शितलहरबाट प्रभावित व्यक्तिलाई न्यानो कपडा वितरण गरेको छ ।

सशस्त्र प्रहरी परिवार महिला संघको आयोजनामा बिहीबार रौतहट जिल्लाको जुडिबेला-२ मा शितलहरबाट प्रभावित स्थानीयहरुलाई न्यानो कपडा (२२३ थान पोलार ब्ल्याङ्केट र २२३ थान झुल) वितरण गरेको हो ।

सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष सरिता कँणेल खनाललगायत संघका पदाधिकारीको उपस्थितिमा वितरण गरिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...