काठमाडौं । नेपालमा केहि दिनयता काेराेना भाइरस संक्रमितकाे संख्यामा कमि हुँदै गएकाे छ । पछिल्लो २४ घन्टामा देशभर ६ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ४ हजार १ सय ४२ जनामा गरिएकाे पिसिआर परीक्षणको नतिजामा ३ सय ७१ पुरुष र २ सय ३७ महिला गरी ६ सय ८ जनामा कोरोना संक्रमण देखिएको हो ।
अहिलेसम्म कोरोना संक्रमितको कूल संख्या २ लाख ५७ हजार २ सय पुगेको छ भने ८ हजार ९ सय ८ जना संक्रिय संक्रमित रहेका छन् ।
काठमाडाैं उपत्यकामा १ सय ६४ पुरूष र १ सय १५ महिला गरी २ सय ७९ संक्रमित फेला परेका छन् । जसमध्ये काठमाडाैंमा २ सय १२, ललितपुरमा ४७ र भक्तपुरमा २० जना रहेका छन् ।
पछिल्लो २४ घन्टामा देशभरबाट ८ सय ९२ जना कोरोनामुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ४८ हजार २ सय ९२ पुगेको छ । निको हुनेको दर ९६.५ प्रतिशत रहेको छ ।
कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय १६ पुगेको छ ।