युवती प्रयोग गरेर सिन्धुलीका एक पुरुषलाई डकैती गर्ने पक्राउ

182

काठमाडौं । युवतीलाई प्रयोग गरी डकैत गर्दै आएका दोलखाका एक पुरुषलाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ । विभिन्न ठाउँमा डकैती गरेको अभियोगमा उनलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दोलखा जिल्ला शैलुङ गाउँपालिका–३ का स्थायी ठेगाना भइ काठमाडौंको स्युचाटार बस्दै आएका ४९ वर्षीय सागर भनिने लालबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नम्बर २ बस्ने भोला बहादुर जर्घामगरलाई काठमाडौं रत्नपार्कबाट कलंकी जान मोटरसाइकलमा बसिरहेको समयमा एक युवतीले लिफ्ट मागेकोमा उनलाई लिफ्ट दिइ कलंकी जाने क्रममा युवतीले चोभार सम्म पुर्याउन अनुरोध गर्दा स्वीकार गरी चोभारमा पुर्याउदा त्यहाँ पहिले देखिनै बसेका अपरिचित ब्यक्तीहरुले रडको प्रयोग गरी नियन्त्रणमा लिएको र साथमा भएको ६ तोला सुनको सिक्री १ थान, मोबाइल २ थान, रेबन चस्मा १ थान र नगद रु ७ हजार सहित अन्दाजी रु छ लाख पैतिस हजार बराबरको धनमाल लुटी फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...