काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घन्टामा थप ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयकाअनुसार पछिल्लो २४ घन्टामा थपिएका ७ सय ४३ जनासँगै देशभर कोरोना संक्रमितको कूल संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको छ । यीमध्ये ७ हजार ५ सय १५ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ सय ५२ जना रहेको छ । योसँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ४६ हजार ६ सय ६१ जना पुगेको छ ।
यस्तै, कोरोना संक्रमणबाट देशभरबाट थप ५ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ३ पुगेको छ ।