बिबिएल २०२० : एडिलेड स्ट्राइकर्सको दोस्रो जित, ब्रिसबेन हिट २ रनले पराजित

326

ब्रिसबेन । दशौं संस्करणको बिग बास लिग (बिबिएल) अन्तर्गत एडिलेड स्ट्राइकर्स विजयी भएको छ । बुधबार भएको खेलमा एडिलेडले ब्रिसबेन हिटलाई २ रनले पराजित गर्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

१ सय ५१ रनको लक्ष्य दिएको ब्रिसबेनलाई १ सय ४८ रनमा रोक्दै २ रनको रोमाञ्चक जित हासिल गरेको हो ।

ब्रिसबेनका जिम्मी पिरसनले नटआउट ६९ रनको पारी खेले पनि टोलीलाई जित दिलाउन सकेन । यस्तै, टोम कोपरले २२, मुजीव उर रहमानले १८, दानिएल लावरेन्सले १३ तथा म्याक्स ब्रायन्टले १२ रन जोडे ।

एडिलेडका ड्यानी ब्रिगस्ले ३, पिटर सिडल र राशिद खानले समान २-२ विकेट लिए ।

यसअघि, ब्रिसबेनस्थित गब्बामा टस हारेर पहिले ब्याटिङ गरेको एडिलेडले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५० रन बनाएको थियो ।

म्याट रेन्साले ३२, जोनाथान वेल्सले ३१, ह्यारी नेल्सेनले २८, फिलिप्स साल्टले २५ तथा म्याथ्यु सर्टले १२ रनको योगदान दिए ।

जितसँगै, एडिलेड स्ट्राइकर्स अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । तालिकामा होबार्ट हुरिकेन्स पहिलो स्थानमा रहेको छ भने मेलबर्न स्टार्स दोस्रो स्थानमा रहेका छन् । यस्तै, सिड्नी सिक्सर्स, एडिलेड स्ट्राइकर्स, मेलबर्न रेनेगेड्स, पर्थ स्कोचर्स र ब्रिसबेन हिट क्रमशः चौथो, पाँचौं, छैटौं, सातौं र आठौं स्थानमा रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...