उपत्यकामा ३३५ जनासहित देशभर ७२२ जनामा काेराेना संक्रमण : तीन जनाकाे मृत्यु

180

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ७ सय २२ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार संक्रमण पुष्टि भएकामा ४ सय १२ पुरुष र ३ सय १० महिला गरी ७ सय २२ जना रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

याेसँगै कूल संक्रमितकाे संख्या २ लाख ५५ हजार २ सय ३६ जना पुगेकाे छ ।

काठमाडाैं उपत्यकामा मात्र ३ सय ३५ जना थपिएका छन् । जसमध्ये काठमाडाैंका ३ सय, ललितपुरका ४२ र भक्तपुरका २३ जना रहेका छन् ।

पछिल्लाे २४ घन्टाकाे अवघिमा ९ सय ६६ जना संक्रमण मुक्त भइ घर फर्किएका छन् । याेसँगै निकाे हुनेकाे संख्या २ लाख ४५ हजार ७ सय ९ पुगेकाे छ । नेपालमा निकाे हुने दर ९६ दशमलव ३ प्रतिशत रहेकाे छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । काेराेना भाइरसबाट मृत्यु हुनेकाे कूल संख्या १ हजार ७ सय ९८ पुगेकाे छ ।

Share This:
सम्बन्धित खबर
Loading...