चोरी भएको मोटरसाइकलसहित चोरीमा संग्लग्न ४ जना पक्राउ

197

मोरङ । चोरी भएको मोटरसाइकलसहित चोरीमा संग्लग्न ४ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका-४ नोबेल अस्पतालको पार्किङ एरियाबाट गत आइतबार हराएको को ३९ प २४४२ नम्बरको मोटरसाइकल खोजतलास गर्ने क्रममा सोमबार राति ८ बजे विराटनगर-४ बुढाथोकी मार्गबाट चोरी भएको मोटरसाइकलसहित ४ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा विराटनगर-४ का २० वर्षीय विवेक थान्दार र अमन थान्दार, बुढिगंगा गाउँपालिका-२ का २० वर्षीय पुजन थान्दार तथा दुहवी नगरपालिका-१० सुनसरीका २० वर्षीय नगेन्द्र चौधरी रहेका छन् ।

उनीहरुले चोरी गरी लगेको मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरी बुढाथोकी मार्गमा डोर्‍याउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरिएको तथा सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...