तेस्रो खेलमा पाकिस्तान विजयी, न्युजिल्यान्डद्वारा सिरिज २–१ ले कब्जा

170

 एजेन्सी । न्युजिल्यान्डविरुद्धको टी–२० सिरिजको अन्तिम खेलमा पाकिस्तान विजयी भएको छ । मंगलबार भएको खेलमा पाकिस्तानले न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै तीन खेलेको टी–२० सिरिज क्लिन स्विप हुनबाट बचाएको छ । पराजित भएपनि न्युजिल्यान्ड सिरिज २–१ ले जितेको छ ।

घरेलु टोली न्युजिल्यान्डले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले दुई बाँकी रहँदा ६ विकेटको क्षतिमा पुरा गर्दै ४ विकेटले विजयी भएको हो ।

पाकिस्तानको जितमा मोहम्मद रिजवानले ८९ रनको योगदान दिए । उनले ५९ बलमा ३ छक्का र १० चौकाको मद्धतमा ८९ रन जोडेका थिए । यस्तै, मोहम्मद हफीजले ४१ तथा खुशदिल साहले १३ रनको बनाउँदा इफ्तिखर अह्मदले नटआउट १४ रनको पारी खेले ।

यसअघि, नेपियरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७३ रन बनाएको थियो ।

न्युजिल्यान्डका लागि डेवोन कोनवेले ६३, टिम सेफर्डले ३५, ग्लेन फिलिप्सले ३१ तथा मार्टिन गुप्टिलले १९ रनको पारी खेले ।

यसअघि भएको दुई खेलमा न्युजिल्यान्ड क्रमशः ५ तथा ९ विकेटले विजयी भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...