दूर्घटना न्यूनिकरण गर्न ट्राफिक सचेतनामुलक बोर्ड

179

चितवन । पूर्वी चितवनका सडकमा बढ्दो सवारी दूर्घटनालाई न्यूनिकरण गर्नका लागि ट्राफिक सचेतनामूलक बोर्ड राखिएको छ ।

ट्राफिक प्रहरी कार्यालय चितवन तथा एक्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस नारायणगढको संयुक्त सहकार्यमा टाँडीदेखि पिप्लेसम्म बढी दूर्घटना हुने स्थानहरुमा चालकहरुलाई सम्भावित दूर्घटनाबाट सावधान गराउने उद्देश्यले सचेतनामूलक बोर्ड राखिएको हो ।

उक्त बोर्डमा जथाभावी ओभरटेक नगर्न, तीव्र गतिमा सवारी नचलाउन, मापसे गरी सवारी नचलाउन, बजार क्षेत्रमा अनावश्यक हर्नको प्रयोग नगर्न तथा ट्राफिक नियमको पालना गर्दै अनुशासित तवरले सवारी चलाउन अनुरोध गरिएको रातको समयमा टल्किने सचेतनामुलक १० थान रिफ्लेक्टिङ बोर्ड राखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...